Thaha

Sunday 22 September - 9:09 pm NST

सुचना सम्प्रेसनमा विभेद नगर्न खबरदारी

काठमण्डौं, ५ पुस । 
सुचना सम्प्रेषणमा विभेद नगर्न भन्दै आदिवासी जनजाति अगुवाहरुले आज सुचना विभागमा धर्ना दिएका छन् । सुचना विभागको कार्यलय काठमण्डौं अगाडि १२ बजेदेखि दिउसो १ बजे सम्म १ घण्टा धर्ना दिएका हुन् । सत्यतथ्य र सहि सुचनालाई लुकाउने वा बंग्याउने गरिएको भन्दै आन्दोलनरत आदिवासी जनजाति, मधेसीलगायतको मुद्धामा खबर सम्प्रेषण गर्दा कुनै विभेद नगर्न खबरदारी स्वरुप विभागमा धर्ना बसेको अगुवा नेताहरुले बताएका छन् । धर्नामा डा. कृष्णभट्टचन, अमृत योन्जन, शंकर लिम्बु, शसोकान्ति भट्टचनलगायत सहभागि थिए ।