Thaha

Sunday 22 September - 9:13 pm NST

संगठनको परिवर्ती ढाँचावारे कांग्रेस केन्द्रीय समितीमा १२ बुंदे प्रश्वाली पेश

काठमाण्डौं, मंसीर १ । नेपाली काँग्रेसले पार्टी संगठनको परिवर्तित ढाँचाबारे केन्द्रीय सदस्यहरुसँग सुझाव मागेको छ । केन्द्रीय समिति बैठकमा उपसभापति रामचन्द्र पौडेलले नीति तथा प्रशिक्षण प्रतिष्ठानको तर्फबाट १२ बुँदे प्रश्नावली पेश गरेर सुझाव माग गर्नुभएको हो ।

“नयाँ संबिधान अनुसार पार्टी संगठनलाई संघीय ढाँचामा बदल्नु पर्नेछ, उपसभापति पौडेलले थाहासंचार नेटवर्कसँग कुरा गर्दै पौडेलले भन्नुभयो,—परिवर्तित संगठनको ढाँचा कस्तो हुनु पर्छ ? नीति कस्तो हुनुपर्छ भनेर सुझाव मागेका छौ ।”  उपसभापति पौडेलले अहिलेको ढाँचा, अहिलेको नीतिमा पार्टी नचल्ने भन्दै पार्टीलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुलाई १२ बुँदे प्रश्नवाली पेश गरिएको बताउनुभयो ।

आजको बैठकमा काँग्रेस केन्द्रीय सदस्यहरुले क्रियाशिल सदस्यता वितरण आफूखुशी भएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । अधिकांश जिल्ला सभापति र क्षेत्रिय सभापतिले आफूखुशी क्रियाशिल सदस्यताका लागि सिफारिस गरेको र केन्द्रले पनि छानविन नगरी वितरण गरेको भन्दै केन्द्रमा परेका उजुरी माथि सुनुवाई गर्न माग समेत गरे । काँग्रेसको १३ औ महाधिबेशन तयारी सम्बन्धमा छलफल गर्न शुरु भएको केन्द्रीय समिति बैठकमा क्रियाशिल सदस्यताबारेको विवाद मिलाउन नेतृत्व सामू चुनौती थपिएको छ ।

बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक नरहरि आचार्यले समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बैठकमा उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, बालकृष्ण खाँण, फरमूल्लाह मंसुर, डा. शशांक कोइराला, आनन्दप्रसाद ढुंगाना, सूर्यमान गुरुङ, कमला पन्त, महेन्द्र यादव, राजनप्रसाद पन्त, रामचन्द्र तिवारी र आमन्त्रित केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

काँग्र्रेस केन्द्रीय समितिको अर्को बैठक भोली विहान ११ बजे फेरी बस्नेछ ।