Thaha

Friday 03 May - 4:31 pm NST

सेयर बजार आजपनि उकालो लाग्यो

काठमाण्डौं, मंसीर २९ गते । नेप्से उकालो लाग्ने क्रम आजपनि जारी रह्यो । आज ० दशमलव ८४ अंकले बढेर सेयर बजार १ हजार १ सय २१ दशमलव ०२ अंकमा पुगेर बन्द भएको   छ । विमा समूहका लगानीकर्ताहरुले आजपनि मनग्य कमाएका छन् । विमा समूहको २१ करोड रुपँैया वरावरको शेयर किनबेच हुंदा यसको सुचक २ सय ३० दशमलव ४९ अंकले उकालो लाग्यो ।

यस्तैगरी होटेल समूह ३६ दशमलव ६७ अंकले बढेर हरियो देखियो । विकास वैंक समूहको सुचक ० दशमलव ०२ अंकले बढ््दा बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समूहका लगानीकर्ता भने निराश हुन पुगे । यो समूह आज १० दशमलव ५५ अंकले तल झर्यो । जलविद्युत १३ दशमलव ९२ र फाईनान्स ० दशमलव १६ अंकले घटेका छन् ।

आज दिनभरमा १ सय १७ कम्पनीका ७ लाख ७४ हजार ६ सय ६५ कित्ता शेयर किनवेच हुंदा ४७ करोड २२ लाख ८९ हजार रुपँैयाको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । हिजो २३ करोड रुपैंयाको कारोवार भएको थियो ।