Thaha

Friday 03 May - 3:56 pm NST

चीनले अनुदान दिएको खाद्यान्नसहीतको सामग्री रसुवा हुंदै नेपाल भित्रीयो

काठमाण्डौं, मंसीर २९ गते । चीनले अनुदान दिएको खाद्यान्न र इलेक्ट्रिक चुलो इन्डक्सन रसुवागढी नाका हुंदै आज नेपाल भित्रिएको छ । खाद्य संस्थानले पहिलो खेपमा ३० टन चामल, १० टन तेल, १० टन नुन आज रसुवा आईपुगेको  रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि थापाले जानकारी दिनुभयो ।

यस्तैगरी नेशनल ट्रेडिङले १३ सय थान ईन्डक्सन चुल्हो ल्याएको छ । खाद्य संस्थानका निमित्त महानिर्देशक पवन कार्की र नेश्नल ट्रेडिङका महा प्रवन्धक सत्यनारायण साहसहित ६ सदस्यिय टोलीले हिजो चिनको केरुङमा जिलोङ्ग काउन्टिका प्रमुखसँग खाद्यान्न र अन्य सामग्री ल्याउनका लागि सम्झौता गरेको थियो ।

यसै अनुसार चिनले पहिलो खेपमा १० लाख युआनको खाद्यान्न र सामग्री अनुदान पठाएको हो । खाद्य संस्थान र नेश्नल ट्रेडिङको टोली चीनबाट आजै धुन्चे आईपुगेको छ । चीनबाट ल्याईएको खाद्यान्न सरकारले खाद्य संस्थानमार्फत र इन्डक्सन चुल्हो नेशनल ट्रेडिङमार्फत विक्री हुनेछ । भुकम्पपछि चिनसँगको तातोपानी नाका सञ्चालन हुन नसकेपछि सरकारले रसुवागढी नाकालाई प्रमुख व्यापारीक नाका रुपमा प्रयोग गरेको छ ।

यसअघि चीनबाट १३ लाख लिटर अनुदानको इन्धन काठमाण्डौं ल्याईएको थियो ।