Thaha

Sunday 22 September - 9:08 pm NST

गृहमन्त्री बस्नेत भने ‘मबाट गल्ति भयो ’


काठमण्डौं, २८ मंसिर । 
गृहमन्त्री शक्ति बस्नेतले भुकम्प पिडितको नाममा चिनमा आफन्त र कार्यकर्ता पठाएको विषयमा आफुले गल्ति गरेको भन्दै आत्मआलोचना गर्नु भएको छ । पार्टि केन्द्रीय समितिको बैठकमा केन्द्रिय सदस्यहरुले पार्टिको बदनाम हुनेगरी शक्तिको दुरुपयोग गरेको भन्दै स्पष्टिकरण दिन माग गरेपछि बैठकमा उपस्थित भएर मन्त्री बस्नेतले निर्णय लिँदा केहि कमजोरी भएको भन्दै आत्माआलोचना गरेको प्रबक्ता दिननाथ शर्माले जानकारी दिनुभयो । आगामी दिनमा गल्ती नगर्ने प्रतिबद्धता वस्नेतले जनाउनुभयो, प्रवक्ता शर्माले भन्नुभयो, अब कुनै महत्पूर्ण निर्णय गर्दा पार्टीको सल्लाह विना गर्दिन भन्ने प्रतिबद्धता जनाउनु भएको छ  ।

अब गल्ति नहुने बताएपछि बैठकमा पार्टिबाट सरकारमा प्रतिनीधित्व गरेका मन्त्रीहरुले कुनै निर्णय गर्दा आफुखुशि र पार्टिलाई बादनाम हुने खालको काम नगर्न सचेत गराएको प्रबक्ता शर्माको भनाई छ । भुकम्प पिडित परिवारबाट चिनमा अवलोकन भ्रमणमा जानेहरुमा गृहमन्त्रीले आफ्नो छोरीभतिजीदेखि अध्यक्ष प्रचण्डको नातिनीसम्म पठाएपछि पार्टिमा सरकारबाट फिर्ता बोलाउने सम्मको आवाज उठेको थियो । यसैबिच एमाओवादी केन्द्रिय समिती बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम सकिएको छ । मांसिर १५ गतेदेखि बसेको केन्द्रिय सदस्य बैठकमा अध्यक्ष प्रचण्डको राजनैतिक प्रतिवेदनमाथि १ सय १७ जनाले आफ्नो धारणा राखेका छन् ।  अध्यक्ष प्रचण्डले आफ्नो राजनैतिक प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिन बाँकि छ । जसका लागि अब पुस ४ गते मात्रै बस्ने बैठक बस्ने एकीकृत माओवादीले जनाएको छ । बैठकमा पार्टीलाई रुपान्तरण गरेर लैजानु पर्ने, आगामि कार्यदिशा स्पष्ट हुनुपर्ने धराणा केन्द्रिय सदस्यले राखेका छन् । साथै वर्तमान सरकारका बारेमा समिक्षा गर्दै सरकारले गर्नुपर्ने कामका बारेमा पनि छलफल भएको छ ।