Thaha

Sunday 22 September - 9:07 pm NST

इन्धन ठगी आरोपमा थानकोट डिपो प्रमुख शर्मा पक्राउ

काठमाडौं २७ मंसिर । प्रहरीले नेपाल आयल निगम थानकोटका डिपो प्रमुख रविनकुमार शर्मालाई पक्राउ गरेको छ ।
इन्धनमा कालोबजारी र ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले डिपो प्रमुख  शर्मालाई पक्राउ गरेको हो । शर्मालाई आइतबार साँझ थानकोटबाटै पक्राउ गरेको महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । डिपो प्रमुख शर्मालाई प्रमाणसहित पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ । भारतीय नाकाबन्दीले इन्धन संकट भईरहेका थानकोट डिपो प्रमुख शर्माले काठमाण्डौं उपत्यकाका विभिन्न पेट्रोल पम्पसँग मिलेर कालोबजारी गरेको आरोप प्रहरीको छ । प्रमुख शर्मालाई अनुसन्धानका लागि अपराध महाशाखा काठमाडौंमा राखिएको महाशाखा प्रमुख खनालले जानकारी दिनुभयो ।