Thaha

Friday 03 May - 12:45 pm NST

इन्धन ल्याउनेबारे छलफल गर्न सरकारी टोली चीन गए


काठमण्डौं, २७ मंसिर । 
चीनबाट इन्धन ल्याउने थप सम्भावनाबारे छलफल गर्न अर्को सरकारी टोली चीनको छिंघाइ गएको छ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टाराई र वाणिज्य मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीको टोली छिंघाइ पुगेको हो । टोलीले छिंघाईबाट इन्धन अयातको सम्भावनाबारे अध्ययन गर्नुका साथै व्यापरिक सम्झौताका आधारहरु तयार गर्ने स्रोतले जनाएको   छ ।

नेपाली दुताबासमार्फत चीन सरकारको आमन्त्रणमा नेपाली टोली चीन पुगेको बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । इन्धन आयात सम्झौताका लागि चीनले उच्चस्तरीय राजनीतिक सहमतिको अपेक्षा गरेपछि सरकारले उच्चस्तरीय राजनीतिक तहमा भ्रमणको तयारी सुरु गरेको छ । राजनीतिक तहमा भ्रमण हुनु अघि नै सरकारले दुईपक्षीय तयारी अगाडी बढाउन टोली पठाएको स्रोतको भनाई छ । चीनले नेपाललाई तेल दिन छिंघाइ उपयुक्त भएको निश्कर्ष निकालेपछि सम्भावनाबारे बुझ्न टोली चीन पुगेको आयल निगम स्रोतले जनाएको छ ।