Thaha

Saturday 22 August - 11:58 pm NST

राजनैतिक निकासका लागि आज पनि त्रिपक्षीय छलफल हुदै

काठमण्डौं, २७ मंसिर । 
संसद बैठक सुचारु गराउने तथा समधेसको समस्या समाधानका लागि अहिले दिउँसो त्रिपक्षिय छलफल हुदैछ । सत्तामा रहेका दलहरु, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शिर्ष नेताहरुबिच प्रधानमन्त्री कार्यलय सिंहदरबारमा साँढे १ बजे छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिनुभयो । 
यसैबिच कार्यसूचिको विवादले अवरुद्ध हुँदै आएको संसद बैठक आज पनि बोलाइएको छ । दिउँसो ३ बजे बोलाइएको आजको बैठक पनि चल्ने नचल्ने टुंगो छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेस केन्द्रीत दलहरुको अवरोधले तिहार यता संसद बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न सकेको छैन । नियमित अवरोध गर्दै आएका मधेस केन्द्रीत दलहरु भुकम्प पछिको पुनर्निमाण विधेयक पास गराउनका लागि संसदको अवरोध हटाउन सहमत भएपनि आफूले पेश गरेको संविधान संसोधन विधेयक कार्यसूचिबाट हटाएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ । संविधान संसोधन विधेयक कार्यसूचिमा नराखे आजको बैठक पनि चल्न नदिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताउनुभयो ।