Thaha

Sunday 22 September - 9:09 pm NST

दिल्लीको स्वार्थमा मधेस आन्दोलन : भट्टराई

Baburam Bhattarai 

काठमाडौं २६ मंसिर ।  नयाँ शक्ति अभियानका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मधेस आन्दोलनलाई दिल्लीले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोजेको टिप्पणी गर्नुभएको छ । 
धनगढीमा शनिबार भएको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री भट्टराईले भारतका साथै काठमाडौंमा सत्तामा बसेकाले पनि  मधेश आन्दोलनलाई आफू अनुकुल प्रयोग गर्न खोज्दा आन्दोलन लम्बिएका दाबी गर्नुभयो । तराइ मधेसको आन्दोलन आन्तरिक ममिला भएकाले नेपालभित्रै समस्या समाधान खाज्नुपर्ने उहाँले दोहो¥याउनुभयो । 
पूर्वप्रधानमन्त्री भट्टराइले सिमाकंनमा देखिएको समस्या समाधानका लागि आदीवासी जनजाती, थारु मधेशी र खसआर्य गरि तीन कलष्टरलाई बनाएर जानुपर्ने सुझाव दिनुभयो ।