Thaha

Sunday 22 September - 9:06 pm NST

कम्युनिष्ट आन्दोलनका अगुवा खगुलाललाई सार्वजानिक अभिनन्दन गरिने


काठमण्डौं, २६ मंसिर ।
नेपालको कम्युनिष्ट आन्दोलनका अगुवा खगुलाल गुरुङलाई कम्युनिष्ट पार्टीहरुले संयुक्त सार्वजानिक अभिनन्दन गर्ने भएका छन् । अभिनन्दनका लागि नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको संयोजकत्वमा अभिनन्दन समारोह समिति गठन भएको छ । समितीले भोलि गुरुङलाई अभिनन्दन गर्ने कार्यक्रम तय गरेको समिती सदस्य तथा एमाले नेता सुर्य थापाले जानकारी दिनुभयो । भोलि दिउसो २ बजे नेपाल पर्यटन बोर्डमा एक समाहोरबिच गुरुलाई अभिनन्दन गर्ने तयारी भएको थापाले बताउनुभयो । 
गुरुङलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनन्दन गर्नुहुनेछ भने कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डसहित सबै कम्युनिष्ट पार्टीका अध्यक्षहरु सहभागी हुनेछन् ।

खगुलाल गुरुङ

विसं. २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी ९८ वर्षीय खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये एक संस्थापक सदस्य हुनुहुन्छ । प्युठानमै बस्नुहुने गुरुङलाई स्वास्थ्य उपचारका लागि काठमण्डौंमा आउनु भएको बेलामा प्युठानकै कम्युनिष्ट नेताहरुको पहलमा अभिन्दन गर्न लागेको हो । निमोनियाका कारण बिरअस्पताल काठमण्डौंमा उपचार गराउन भर्ना हुनु भएका गुरुङलाई टिभी भएको र स्वास्थ्यामा सुधार आएपछि अहिले डिस्चार्ज भइसकेको थापाले जानकारी दिनुभयो । 


मोहनबिक्रम सिंह नेतृत्वको अभिनन्दन समारोह समितिमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य, एमालेका उपाध्यक्ष वामदेव गौतम, एमाओवादी नेता लीलामणि पोखरेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा सदस्य छन् । समितिमा खेममान खड्का, सूर्य थापा, कृष्णध्वज खड्का, बीरबहादुर सिंह, गोविन्दसिंह थापा, हुकुमबहादुर सिंह, नवराज सुवेदी, धनेश्वर पोखरेल, हिराबहादुर केसी, धनबहादुर रायमाझी, दुर्गा पौडेल, पुनाराम थापा, रामप्रसाद आचार्य, ठाकुर गिरी, वाईवी थापा, राजेन्द्र भट्टराई, भरतमणि भण्डारी, दीनमणि पोखरेल, भोजविक्रम बुढामगर, दीपेन्द्र अधिकारी, बज्र केसी, पदम रोका, थमलाल गुरुङ, लीलाबहादुर जिसी, रणबहादुर जिसी, धर्मलाल गिरी, गुणप्रसाद आचार्य, तेजबहादुर गुरुङ, आनन्द शर्मा, वीरेन्द्र खड्का र भीमबहादुर गुरुङ छन्