Thaha

Sunday 22 September - 9:09 pm NST

संसद बैठक चल्न दिने कांग्रेसको निर्णय


काठमण्ठौं, २५ मंसिर । 
नेपाली कांग्रेसले संविधान संशोधन विधेयक अघि बढाउने विषयमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गर्ने निर्णय गरेको छ । सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बिहान बसेको पदाधिकारी बैठकले मधेस केन्द्रित दलका नेताहरुसँग दुईपक्षीय छलफल गर्ने निर्णय गरेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो । हिजो सत्तारुढ दलका नेताहरुले संविधान संशोधन विधेयक आज संसद बैठकमा लैजान प्रतिबद्धता जनाएकाले संसद चल्न दिने निष्कर्ष पदाधिकारी बैठकले निकालेको महामन्त्री सिंहले बताउनुभयो ।

हिजोको संसद बैठक कांग्रेसले अवरुद्ध नगरेको दाबी गर्दै उहाँले यसअघि संविधान संशोधन विधेयक कार्यसूचिमा रहेकोमा हटाइएकाले विरोध जनाएको स्पष्ट पार्नुभयो । कांग्रेसले पुननिर्माण प्राधिकरण विधेयक र संविधान संशोधन विधेयक एकपटक संसदमा दर्ता गर्नुपर्ने अडान राख्दै आएको छ । बैठकमा पार्टीका पदाधिकारीका साथै केही पूर्वमन्त्रीहरु पनि सहभागी थिए ।