Thaha

Sunday 22 September - 9:06 pm NST

संसद बैठक आज बस्दै, अवरोध खुलाउन छलफल हुदै


काठमण्डौं, २४ मंसिर । 
संसदको बैठक आज पनि बासंसद बैठक आज पनि बोलाइएको छ । यसअघि ६ पटकसम्म मधेसी मोर्चाको अवरोधले बस्न नसकेको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो । आजको बैठक सञ्चालन भएमा भुकम्प पछिको पुनर्निमाण विधेयक र संविधान संसोधन विधेयकलाई प्राथमिकताका साथ अघि बढाइनेछ । सरकारलाई आफूहरुले उठाएका माग सम्बोधनका लागि दवाव दिनका लागि भन्दै पटक पटक संसद बैठक अवरुद्ध गरेको मधेसी मोर्चासँग बैठक सञ्चालनका लागि सभामुख र प्रमुख दलका नेताले छलफल गर्दैछन् ।

सभामुख ओनसरी घर्तीले आफूले अवरोध हटाउने विषयमा मोर्चासँग दिउँसो एक बजे छलफल गर्ने बताउनुभयो । त्यसअघि प्रमुख दलले पनि मोर्चासँग अनौपचारिक छलफल गर्ने भएका छन् । छलफल सकारात्मक भए आजको बैठक सञ्चालन गर्न दिने संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले बताउनुभयो । भारत भ्रमणमा रहेका मोर्चाका नेता हिजो राती अवेर फर्केपछि आज छलफल गर्नका लागि भन्दै बैठक दिउँसो ३ बजेलाई राखिएको संसद सचिवालयले जनाएको छ । हिजो विधायन समितिबाट पारित भएपछि आज बैठक चलेमा समिति सभापति गंगा चौधरीले भुकम्प पछिको पुनर्निमिाण विधेयक टेवल गर्नु हुनेछ ।

अवरोधका कारण अघि बढ्न नसकेको संविधान संसोधन विधेयक, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको वार्षिक प्रतिवेदन र मन्त्री परिषद्बाट प्राप्त पत्र पढेर सुनाउने विषय पनि कार्यसूचिमा यथावत रहने सचिवालयका सहप्रवक्ता सदर्शन कुँइकेलले जानकारी दिनुभयो ।