Thaha

Friday 03 May - 4:51 pm NST

आज २६ देखि ४० लटसम्मका मोटरसाइकालले पेट्रोल पाउँदै


काठमण्डौं, २४ मंसिर । 
नेपाल आयल निगमले काठमाडौं उपत्यकामा आज पनि निजी मोटरसाइकललाई पेट्रोल वितरण गरिरहेको छ । आज २६ देखि ४० लटसम्म दर्ता भएका मोटरसाइकललाई ४ लिटरका दरले पेट्रोल वितरण शुरु गरिएको हो । उपत्यकाका ५१ वटा पम्पबाट २ लाख  लिटर पेट्रोल वितरण गरिने निगमले जनाएको छ । पम्पहरुलाई हिजै पेट्रोल उपलब्ध गराइसकिएकाले विहान ९ बजेदेखि नै  वितरण सुरु गरिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।  

मोटरसाइकललाई मात्रै पेट्रोल दिइएकाले यसपटक लाइन बसेका सबैले पेट्रोल पाएको घिमिरेले दाबी गर्नुभयो । पेट्रोल पाउनका लागि नविकरण भएको ब्लुबुक अनिवार्य गरिएको छ । यसअघि १ देखि २५ लटसम्मका मोटरसाइकललाई पेट्रोल दिइसकेको निगमले पर्सि ४१ देखि  ५५ र २८ गते ५६ भन्दा माथिका सबै लट नम्बरका मोटरसाइकललाई पेट्रोल वितरण गर्नेछ ।