Thaha

Sunday 22 September - 9:09 pm NST

अध्यक्ष प्रचण्ड ब्यस्त भएपछि एमाओवादी केन्द्रिय समिती स्थगित



काठमण्डौं, २४ मंसिर । 
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दलका नेताहरुसँगको छलफलमा व्यस्त हुने भएपछि एकीकृत नेकपा माओवादीको आजको केन्द्रीय समिति बैठकस्थगित भएको छ । अहिलेको समस्या समाधानका लागि कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्नु पर्ने भएको र दिउँसो संसद बैठक पनि भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार प्रचण्ड आज दिनभरी औपचारिक÷अनौपचारिक छलफलमा व्यस्त हुनुहुनेछ । श्रोतका अनुसार भारतीय नाकावन्दी, मधेस आन्दोलन र अवरुद्ध संसद खुलाउने बारे प्रचण्डले मधेशी मोर्चाका नेताहरुसँग अनौपचारिक छलफल गरिरहनु भएको छ ।