Thaha

Sunday 22 September - 9:19 pm NST

आज विश्व मानवअधिकार दिवास मनाइँदै


काठमण्डौं, २४ मंसिर । 
‘हाम्रो अधिकार, हाम्रो स्वतान्त्रता, सधैभरी ’ भन्ने नाराका साथ विश्व मानवअधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । राष्ट्रिय मानवअधिकार आयोगले दिवसको अवसरमा प्रभात फेरी गरेको छ । आयोगले दिउँसो आयोगको कार्यालय पुलचोक ललितपुरमा विशेष कार्यक्रम गर्दैछ । संयुक्त राष्ट्रसङ्घले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध पारित गरेको ५० औँ वर्षगाँठको अवसरमा यस वर्ष दिवसलाई विशेष रुपले मनाउन आग्रह गरेको छ ।

दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रसंघका महासचिव बानकी मूनले फेरी एक पटक सबैको मानबअधिकार रक्षाको लागि प्रतिबद्ध हुन सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना दिदै सबैलाई सधैँभरि मावन अधिकार प्रत्याभूति गर्न दिवसले विश्वका सबै मुलुकलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । योवर्ष मानवअधिकारले ओतप्रोत नेपालको संविधान जारी हुनु नेपालीका लागि गौरवको विषय भएको राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।

नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चितालाई जोड दिएको शुभकामना सन्देशमा उल्लेख छ । यसैबीच महिलामाथि हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि आजै सकिँदै छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार’ भन्ने नाराका साथ गत नोभेम्बर २५ देखि शुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज सकिन लागेको हो ।