Thaha

Sunday 22 September - 9:17 pm NST

एमालेको भेला चितवनको सौराहामा हुदै


काठमण्डौं, २१ मंसिर । 
नेकपा एमालेले तराई मधेसको आन्दोलन र वर्तमान राजनीतिक घटना क्रमको समिक्षा गर्न आजदेखि चितवनको सौराहामा राष्ट्रिय भेला गर्दैछ । भेलाको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । भेलामा सहभागि हुन केन्द्रीय नेता र सहभागी चितवन पुग्नेक्रम चलिरहेको छ ।

सचिव भट्टराईका अनुसार उद्घाटन सत्रपछि हुने बन्दसत्रमा तीनवटा प्रतिवेदन पेश हुनेछन । महासचिव इश्वर पोख्रेल, उपमहासचिव घनश्याम भुषाल र सचिव प्रदीप ज्ञवालीले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसैमा समूहगत छलफल हुने सचिव भट्टराईले बताउनु भयो ।  भेलामा  केन्द्रीय पदाधिकारी तथा स्थायी कमिटीका सदस्यसहित तराईका २२ जिल्लाका अध्यक्ष, जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, सांसद तथा केन्द्रीय विभागका सम्वन्धित क्षेत्रका पदाधिकारी सहित दुई सय ३५ जनाको सहभागिता रहने छ । भेलाले तराईमा भैरहेको आन्दोलन, संविधानको कार्यान्वयन लगायतका विषयमा ठोस धारणा बनाउने र सौराहा घोषणापत्र जारी गर्ने एमालेले जनाएको छ ।