Thaha

Friday 03 May - 10:36 am NST

निजी मोटरसाइकलले मंगलबारबाट लट अनुसार पेट्रोल पाउँने


काठमण्डौं, २० मंसिर । 
नेपाल आयल निगमले निजी मोटरसाइकललाई फेरी लट अनुसार पेट्रोल वितरण गर्ने भएको छ । निगमले आज सुचना जारी गर्दै काठमाडौं उपत्यकामा पर्सी मंगलबारदेखि निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने जानकारी दिएको हो । सवारीको लटका आधारमा पर्सिदेखि दिन बिराएर चार दिन मोटरसाइकल पेट्रोल दिने निगमले जनाएको छ । पर्सि २२ गते मंगलबार १ देखि २५ लटका मोटरसाइकलले तेल पाउनेछन् भने २४ गते बिहीबार २६ देखि ४० लटका मोटराइकलले पाउनेछन् । त्यस्तै २६ गते शनिबार ४१ देखि ५५ र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकललाई तेल दिने तालिका निगमले सार्वजानिक गरेको छ । निगमले ९ बजेबाट तेल वितरण सुरू हुने जनाएको छ । चारपांग्रे जिप, कारलाई भने अर्को सुचना जारी गरेर मात्र तेल दिने निगमले जनाएको छ ।