Thaha

Sunday 22 September - 9:11 pm NST

संसदको बैठक आज पनि स्थगित


काठमण्डौं,  २० मंसिर । 
संसद् बैठक आज पनि स्थगित भएको छ । नेमकिपा र मधेशी मोर्चाका सांसद्को नाराबाजीका कारण संसद् बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित भएको हो । नेमकिपाका सांसद्ले भारतसँग भएका सबै असमान सन्धी खारेज गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए भने मधेशी मोर्चाका सांसदले आफूहरुको माग पुरा गर्न माग गर्दै संसद् बैठक अवरु गरेका थिए । यसअघि ५ पटकसम्म अवरुद्ध हुँदै आएको बैठक आजपनि नियमित कार्यसूचिमा प्रवेश  नगरी स्गथित भएको हो ।