Thaha

Sunday 22 September - 9:01 pm NST

‘जनताको संविधान जनताकै माझ’ अभियान सोमबारबाट

काठमाडौं २० मंसिर । सरकारले संविधानमा रहेका भ्रम हटाउन भन्दै भोलिदेखि देशब्यापी अभियान चलाउने भएको छ । 
‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताकै माझ’ भन्ने नारासहित अभियान सञ्चालन गर्ने भएको हो । अभिायनको सोमबार बिहान साँढे ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृह काठमाडौंबाट उद्घाटन गर्ने कार्यक्रम रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले अभियान जिल्ला सदारमुकाम, गाउँ र नगरहरुमा सञ्चालन गरिने जानकारी गराउनुभयो । उहाँको अनुसार सदरमुकाममा हुने अभियानमा दलका शीर्ष नेता, सांसदलगायत सहभागि हुनेछन् भने नगर र गाउँमा दलका स्थानीय नेता, नागरिक समाजका अगुवाहरुले अभियान चलाउनेछन् । संविधानका बारेमा आमनागरिकलाई सुसुचित गराउने र संविधानमा रहेका भ्रमहरु निराकरण गर्न सरकारले अभियान चलाउन लागेको मन्त्री थापाले बताउनुभयो । उहाँले संविधानमा रहेका असन्तुष्टिहरु वार्ता र सम्वादबाट सम्बोधन गर्नेगरी पहल जारी रहेको भन्दै छिट्टै निश्कर्ष पुग्ने दावि गर्नुभयो । 
मन्त्री थापाले स्थानिय निकायको चुनावका लागि आन्तरिक तयारी भइरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।