Thaha

Sunday 22 September - 9:08 pm NST

आज पनि त्रिपक्षीय वार्ता आव्हान

काठमाडौं , १९ मंसिर  । तराई मधेसमा चलिरहेको आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्रिपक्षिय बैठक आव्हान गर्नु भएको छ । तर समय र स्थान भने टुंगो लागेको छैन ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ दल, प्रतिपक्ष नेपाली काँग्रेस र आन्दोलनरत मोर्चालाई बैठकका लागि निम्ता गरिएपनि समय भने टुंगो नलागेको बताउनु भयो । मोर्चाका नेता लक्ष्मणलाल कर्णले आज बेलुकीसम्म सरकारसंग वार्ता हुने बताउनु भयो ।

हिजो हुने भनिएको वार्ता मोर्चाका नेताहरु भारतीय दूतावासमा छलफलमा व्यस्त रहेपनि स्थगित भएको थियो । आजको बैठकमा मुख्य दलको प्रस्तावमा छलफल हुने नेताहरुले बताएका छन ।  समस्या समाधानका लागि  प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले संसदमा पेस भएको संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेका छन ।  

तीन दलले संशोधन प्रस्ताव अगाडि बढाउने, तीन महिनाभित्र प्रदेशको सीमांकन टुंगो लगाउने गरी राजनीतिक समिति बनाउने र मोर्चालाई आन्दोलन फिर्ता लिन प्रस्ताव गर्ने  निर्णय गरेका छन ।