Thaha

Sunday 22 September - 7:10 pm NST

त्रीपक्षीय वार्ता हुन सकेन

काठमाण्डौं, मंसीर १८ गते । मधेसी मोर्चा उपस्थित नभएपछि त्रीपक्षीय वार्ता आज पनि हुन सकेन । सरकारले वार्ताका लागि मधेसी मोर्चाका नेतालाई खवर गरेको बताए पनि वार्ताका लागि कुनै औपचारिक आब्हान नै नभएकाले वार्तामा नगएको मोर्चाले बताएको छ ।

मोर्चाले सरकार वार्ताका लागि प्रपोगाण्डा मच्च्याएर आफू वार्ताका लागि जिम्मेवार भएपनि दोष मोर्चा माथि थोपर्न सरकार गम्भीताका साथ लागिपरेको मोर्चाको आरोप छ । वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मोर्चाका सबै नेतालाई फोन गरे पनि वार्ताका लागि आब्हान नभएको मोर्चाका नेताले बताएका छन् । ‘बिहान १० बजे प्रधानमन्त्रीले फोन गर्नुभयो, सञ्चो विसन्चो सोध्दै वार्तामा बस्न प¥यो भन्ुभयो । मोर्चाका एक नेताले भने । तर मोर्चाका नेताले तपाईका प्रहरीले गोली हानेर मान्छे मारिरहेका छन् यस्तो अवस्थामा कसरी वार्तामा बस्ने ? भनेर जवाफ दिँदा प्रधानमन्त्री ओलीले, हो र ? त्यस्तो पनि भएको छ भनेर जिम्मेवारीबाट उम्कने प्रयास गर्नुभयो,

यसैबीच वालुवाटारमा मोर्चासँग त्रिपक्षीय वार्ताको तयारी भइरहँदा मधेसी मोर्चाका नेताले लैनचौर पुगेर भारतीय दुतावाससँग उच्च स्तरिय भेटघाट गरेका छन् । मोर्चाको वार्ता टोलीका सदस्यले दुतावासमा उच्च स्तरिय भेट गरेसँगै मोर्चाका नेता भोली भारत जाने भएका छन् । अहिलेसम्म संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भोली बिहान पहिलो फ्लाइटमै भारत जाने तय भएको छ । मोर्चाका अरु नेताको भने अन्तिम टुंगो लागि सकेको छैन ।

भ्रमणका क्रममा मोर्चाका नेताले भारतीय विदेश मन्त्री शुष्मा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने कार्यक्रम तय भएको श्रोतले जनाएको छ ।

यसैबीच नेकपा एमाले नेता माधव कुमार नेपालले भने मधेसी मोर्चाका नेताहरू आज व्यस्त भएकाले वार्ता हुन नसकेको बताउनुभयो । आज उहाँहरू आउनु भएन, नेता नेपालले भन्नुभयो, उहाँहरूलाई जहिले फुर्सद हुन्छ, त्यहिले वार्ता हुन्छ ।