Thaha

Sunday 22 September - 6:59 pm NST

प्रधानमन्त्री ओलीले मधेसी मोर्चासंग छलफल गर्दै


काठमण्डौं, १८ मंसिर । 
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेशी मोर्चाका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । मुख्य तीन दलले मोर्चाका नेताहरुसँग छलफल गरी निर्णायक वार्ताको मिति तय गर्ने जिम्मा दिएपछि प्रधानमन्त्री ओलीले आज छलफल गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गर्ने तयारी गर्नु भएको छ । पार्टी स्थायी कमिटीको बैठक पछि प्रधानमन्त्री ओलीले मधेशी मोर्चाका नेताहरुसँग वार्ता गर्ने भए पनि समय भने तय भइनसकेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिनुभयो ।

मोर्चाका नेताहरुलाई प्रधानमन्त्रीले हिजो मुख्य तीन दलले बनाएको साझा अवधारणाबारे जानकारी गराउने र निर्णायक वार्तामा बस्नेबारे छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मुख्य तीन दल मोर्चाका मागमा सकारात्मक भएपछि मोर्चाका नेताहरु ठाकुर र यादव हिजोनै तराईबाट काठमाडौं आईसक्नु भएको छ ।