Thaha

Monday 05 October - 3:07 pm NST

मधेस समस्या समधानबारे समान धारणा बनाउन दलहरु आज पनि असफल


काठमण्डौं, १७ मंसिर । 
मधेस आन्दोलनको मागबारे साझा धारणा बनाउन बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेका सत्ता पक्ष नेकपा एमाले, एकीकृत नेकपा माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बैठक बिनानिष्कर्ष टुंगिएको हो । बैठकमा मधेसका मुद्दामा साझा धारणा बन्न नसकेको बैठकपछि नेताहरुले प्रतिक्रिया दिएका छन् ।

उनीहरुले संवादमार्फत् नै मोर्चाका माग सम्वोधन गर्न सकिने बताउँदै छिटो वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । बैठकपछि एमाले उपाध्यक्ष एवं रक्षामन्त्री भीम रावलले मधेसी मोर्चासँग छिटो वार्ता गर्नेमा तीन दल सहमति भएको जानकारी दिनुभयो । तीन दलबीच एउटै धारणा नबन्दा हिजो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग हुने भनिएको निर्णायक वार्ता अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

झण्डै साढे तीन महिनादेखि बन्द हड्ताल गरेर आन्दोलन जारी राखेको मोर्चाले तराई मधेसमा दुई प्रदेश हुनुपर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, अंगीकृत नागरिकता भएकाहरुलाई पनि प्रमुख संवैधानिक पदहरुमा नियुक्ति दिनुपर्नेलगायतका माग राखेको छ ।