Thaha

Friday 03 May - 2:33 pm NST

भोलिदेखि दैनिक साँढे नौं घण्टा लोडसेडिङ हुने


काठमण्डौं, १७ मंसिर । 
खाना पकाउने ग्याँस नपाएर लामो समय सम्म चरम अभाव झेलिरहेका नागरिकले झन सास्ती पाउने भएका छन् । मधेस आन्दोलन र भारतिय नाकाबन्दीका कारण ग्यास नपाउँदा विद्युतिय चुलो, राइस कुकर र हिटरमा खाना पकाउने आमनागरिकलाई लोडसेडिङ बढ्ने भएपछि झन समस्या हुने भएको हो । नेपाल विद्युत प्राधिकरणले भोलिदेखि दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ गर्ने तालिका सार्वजनिक गरेको छ ।

नयाँ तालिका अनुसार सातामा ५७ घण्टाभन्दा बढी विद्युत कटौती हुने प्रधिकरणले जनाएको छ । भारतीय नाकाबन्दीपछि उद्योगमा विद्युत खपत नहुँदा औद्योगिक क्षेत्रमा वितरण गरिएको विद्युत सर्वसाधारण ग्राहकलाई उपलब्ध गराउँदा यसअघि सातामा १५ घण्टामात्रै लोडसेडिङ्ग हुने गरेकोमा केहिदिनदेखि अघोषित लोडसेडिङ हुदै आएको थियो । प्राधिकरणले नदीहरुमा पानीको बहाब घटेर विद्युत उत्पादनमा कमी आएकोले लोडसेडिङ बढाउनु परेको जनाएको छ । 

लोडसेडिङको तालिका :