Thaha

Sunday 22 September - 7:21 pm NST

पाकिस्तानमा चार जनालाई फाँसी

काठमाडौं १६ मंसिर । विद्यालयमा विष्फोट गराएर डेढ सयजनाको ज्यान लिने चारजनालाई पाकिस्तामा फाँसी दिइएको छ । 
एक वर्षअघि पाकिस्तानको उत्तरपश्चिमी सहर पेसावरको सैनिक विद्यालयमा विष्फोट गराउने चार जनालाई फाँसी दिइएको हो । त्यो आक्रमणमा विद्यार्थीसहित १ सय ५० व्यक्तिको मृत्यु भएको थियो र आमहत्यामा विद्यालयका १ सय ३५ जना बालबालिका मारिएका थिए । त्यसमा संलग्नलाई सरकारले पक्राउ गरी कारबाही चलाईरहेको छ भने हत्याकाण्डमा प्रत्यक्ष संलग्न दोषीलाई मृत्युदण्डको सजाय तोकिएको थियो । 
कोहात जेलका प्रहरी अधिकारीकाअनुसार मउल्भी अब्दुस सलाम, हज्रात अलि, मुजीबुर रहमान र सबिललाई झुण्ड्याइएको हो ।