Thaha

Sunday 22 September - 7:20 pm NST

देशव्यापी आन्दोलन गर्ने कांग्रेसको चेतावनी

काठमाडौं १६ मंसिर । नेपाली कांग्रेसले तत्काल तराई मधेसको समस्या र कालोबजारी नियन्त्रण नगरे सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
कालोबजारी नियन्त्रण र मधेस आन्दोलनको समाधानका लागि दबाब दिन काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेसका सांसदहरुले समस्या समाधान नभए देशव्यापी आन्दोलन गर्ने बताएका हुन् । कांग्रेसको ¥याली रत्नपार्कबाट सुरु भएर असन इन्द्रचोक, न्यूरोड हुँदै फेरि रत्नपार्कमै पुगेर सभामा परिणत भएको थियो । शान्ति बाटिकामा भएको कोणसभामा कांग्रेसका सांसद भीमसेनदास प्रधान, दीपक कुइँकेल, गगन थापालगायतले अहिले सरकारविरुद्ध सांकेतिक विरोधमात्र गरिएको बताउनुभयो । सरकारले वार्तामार्फत् तराईको समस्या समाधान गर्नुको साटो सुरक्षाकर्मी परिचालन गरी आगो बाल्ने काम गरेको र वार्तालाई गम्भीररुपमा नलिएको उनीहरुले आरोप लगाए । मधेसको समस्या समाधानका लागि संसदमा पेश भएको संविधान संसोधन विधेयक अगाडि बढाउन उनीहरुको माग छ । 
सांसद गगन थापाले मधेस आन्दोलनका नाममा भारतले आपूर्ति व्यवस्था असहज बनाएकोमा आक्रोस पोख्दै अवरोध खोल्न आग्रह गर्नुभयो । नेपाल र भारतको सम्बन्धमा पुर्नपरिभाषित हुनुपर्ने भन्दै थापाले नेपाल छिमेकीसँग समान हैसियतमा पवित्र सम्बन्ध बनाएर अघि बढ्न चाहिरहेको बताउनुभयो । मधेस आन्दोलन नेपालको घरभित्रको समस्या भन्दै थापाले नेपालकै राजनीतिक दल र सरकारसँग समस्या समाधान गर्ने क्षमता रहेको बताउनुभयो ।