Thaha

Monday 11 November - 9:59 pm NST

निर्णायक भनिएको त्रिपक्षीय वार्ता स्थगित

काठमाडौं १६ मंसिर । सत्तारुढ, प्रमुख प्रतिपक्षी दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बुधबार हुने भनिएको वार्ता स्थगित भएको छ । 
नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमाले र एकीकृत नेकपा माओवादी बीच समान धारणा बन्न नसक्दा वार्ता स्थगित भएको हो । मधेस आन्दोलनबारे मोर्चाले तीन दललाई एउटै धारणा बनाएर आउन आग्रह गरेकोले त्यसो हुन नसके पछि वार्ता स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । अस्ति बालुवाटारमा भएको वार्तामा मधेसी मोर्चाका नेताले आफूहरुको मागमा समाधान धारणा बनाएर आउन तीन दललाई आग्रह गरेका थिए । प्रधानमन्त्री केपी ओली शर्माले भोलि बिहान कांग्रेससहित तीन दलको बैठक बसेर मधेसी मोर्चासँगको वार्ताको मिति तय गरिने ट्विटरमार्फत जानकारी दिनुभएको छ । यसअघि बुधबार ६ बजेका लागि सत्तापक्ष, कांग्रेस र मधेसी दलबीच वार्ता हुने तय गरिएको थियो । 
मोर्चाले तराई मधेसमा दुई प्रदेश बनाउनुपर्ने, अन्तरिम संविधान अनुसारकै समावेशी समानुपातिक प्रतिनिधित्व हुनु पर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने लगायत ११ बुँदे माग सरकारलाई बुझाएको छ ।