Thaha

Sunday 22 September - 7:01 pm NST

संसद बैठक पाँचौं पटक पनि अवरुद्ध

काठमाडौं १५ मंसिर । संसद बैठक मंगलबार पनि अवरुद्ध भएको छ । मधेस केन्द्रित दल र नेपाल मजदुर किसान पार्टीका सांसदको नाराबाजीका कारण मंगलबारको संसद बैठक अवरुद्ध भएको हो ।
संसद् बैठक लगातार अवरुद्ध भएको यो पाँचौं पटक हो । यसअघि मंसिर १० गते नेपाली कांग्रेसका सांसदले आफूलाई पहिले बोल्न नदिएको भन्दै बैठक अवरुद्ध गरेका थिए । बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्ष कांग्रेस, मधेसी मोर्चाका सांसद र नेमकिपाका सांसद टेबल ठोक्दै उठेका थिए । सांसदहरुले बोल्नका लागि समय माग गरेको भन्दै समामुख ओनसरी घर्तीमगरले कांग्रेसका सांसद फरमुल्लाह मन्सुरलाई समय दिनुभएको थियो । त्यसलगत्तै मधेस केन्द्रित दलका सांसदले रोष्टम घेराउ गर्दै नाराबारी गरे । सँगै नेमकिपाका सांसद प्रेम सुवाल र अनुराधा थापामगरले आफ्नो ठाउँबाट नाराबाजी जारी राख्नुभयो । मधेसवादी दलहरुले यसअघिदेखि नै सार्वजनिक महत्वका विषयमा पहिला बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् । 
सभामुखले पटक–पटक बस्न आग्रह गरेपनि सांसदहरुले अस्वीकार गरेपछि बैठक २० गतेसम्मका लागि स्थगित भएको छ ।