Thaha

Sunday 22 September - 7:15 pm NST

भारतीय राजदूत रञ्जित रेविरुद्ध संसदमा नाराबाजी

काठमाडौं, १५ मंसिर । भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउन माग गर्दै संसदमा नाराबाजी भएको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसदहरुले भारतको नाकाबन्दी र राजदूत रेका क्रियाकलापको विरोध गर्दै राजदूत रेलाई फिर्ता पठाउन माग गरेका हुन् । नेमकिपाका सांसद प्रेम सुवाल, अनुराधा थापामगरले संसदमा करिब आधा घण्टासम्म नेपालमाथिको भारतीय हस्तक्षेप बन्द गर, राजदूत रेलाई फिर्ता गर्नुपर्ने लगायत नारा लगाउनुभयो । 
उनीहरुले सुनसरीका किसानमाथि गोली हान्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई कारबाही गर्न पनि माग गरे । नेमकिपाले देशमा हस्तक्षेप बढेको विषयमा बोल्न पाउनुपर्ने भन्दै मंगलबार संसद बैठक अवरुद्ध गरे ।