Thaha

Sunday 22 September - 7:06 pm NST

खेतीपातीमा लागेका एकिकृत माओवादीका नेता विष्ट मगर पुरानै जिम्मेवारीमा फर्के

काठमण्डौं, १५ मंसिर । 
पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएर खेतीपातीमा लागेका एकिकृत माओवादीका नेता लोकेन्द्र विष्ट मगर पुरानै जिम्मेवारीमा फर्कनु भएको छ । झण्डै एकवर्षदेखि राजिनामा दिएर काभ्रेको भकुण्डेबेसीमा खेति किसानीमा लागेका विष्टले पूरानै जिम्मेवारीमा फर्कने निर्णय गरेको बताउनुभयो ।  उहाँले आजदेखि शुरु हुने केन्द्रीय समिति बैठकमा पनि सहभागि हुने बताउनु भएको छ ।

थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै विष्टले अध्यक्ष प्रचण्ड र महासचिव कृष्ण बहादुर महरासँग भएको छलफल पछि पुरानै जिम्मेवारीमा फर्कने निर्णयमा पुगेको बताउनुभयो । एमाओवादीका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री समेत रहेका विष्टले अव आफू पार्टी निर्माणमा लाग्ने बताउनुभयो । विष्टले राजिनामा दिएपनि उहाँको राजिनामा स्विकृत भएको थिएन ।