Thaha

Sunday 22 September - 7:12 pm NST

तराई मधेसको समस्या समाधानका लागि बसेको त्रिपक्षीय बैठक निष्कर्षहीन


काठमण्डौं, १४ मंसिर । 
सरकार, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसमा सदभाव कायम राख्दै एकअर्काका कार्यक्रम नविथोल्ने समझदारी गरेका छन् । सुनसरी र बीरगन्जमा मधेसी मोर्चा र नेपाली कांग्रेसबीच मुठभेड भएपछि एक अर्काका कार्यक्रम नबिथोल्ने समझदारी दलहरुले गरेका हुन् । तीन पक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको बैठकमा राजनीतिक सहमती नभए पनि निरन्तर छलफल गरेर छिटै निकास निकाल्ने सहमती दलहरुबीच भएको छ । बैठकपछि नेपाली कांग्रेसका सभापति सुसिल कोइरालाले छलफल सकरात्मक भएको भन्दै मोर्चाले राखेको ११ बँुदे मागका बारेमा सरकारसंग र पार्टिमा पनि छलफल गरेर समाधानको प्रयास गर्ने बताउनुभयो ।

बैठकमा गम्भिरताकासाथ छलफल भएको र  दुइपक्षिय त्रिपक्षिय अनौपचारिक छलफल गरी अब १६ गते फेरी बैठक बस्ने एमाओवादीका उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले बताउनुभयो । एमाले नेता माधव नेपालले भने सिमांकानको विवाद तत्काल समाधन हुने अवस्था नरहेको भन्दै अहिलेलाई त्यो मुद्धा स्थगित गर्न प्रस्ताव गरेको जानकारी दिनुभयो । दुबै पक्ष तातिएको अवस्थामा रहेको भन्दै नेता नेपालले शान्त भए पछि मात्र सिंमाकनमा छलफल गर्दा उपयुक्त हुने प्रस्ताव आफूले गरेको जानकारी दिनुभयो । तर एकीकृत माओवादीका उपाध्यक्ष श्रेष्ठले भने यो एमालेको प्रस्ताव नभई उहाँको व्यक्तिगत भएको दावी गर्नुभयो ।

मधेसी मोर्चाले भने यसअघि सरकारले जनाएको प्रतिवद्धता कार्यान्वयन नभएको बताएको छ । वार्ताको वातावरण बनाउने, आन्दोलनका क्रममा मृत्यु भएका परिवार र घाइतेलाई सरकारले दिने भनेको राहात पनि प्राप्त हुन नसेको मोर्चाको भनाई छ । बैठक पछि सद्भावाना पार्टिका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने बैठक राजनैतिक विषयमै प्रवेस नगरेको र यसअघि जुन विन्दुमा थियो त्यही भएको बताउनुभयो ।