Thaha

Sunday 22 September - 5:25 pm NST

महोत्तरीमा स्कुलमा पेट्रोल बम प्रहार


काठमण्डौं, १२ मंसिर । 
महोत्तरीको सोनामाईमा रहेको एसएम ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले गएराति पेट्रोल बम प्रहार गरेका छन ।  मोर्चाका कार्यर्ताले बोर्डिङ स्कुलमा आगजनी गरेकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आगजनीबाट विद्यालयका प्रधानाध्यापक बस्ने कोठाभित्रका दराज, फर्निचर, स्टेसनरीसहित केही महत्वपूर्ण कागजात नष्ट भएको प्रहरी नायव उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

आगजनीबाट दुई लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । त्यस्तै सिरहाको लाहानमा पनि मोर्चाका कार्यकर्ताले एउटा मालबाहक ट्रकमा आगजनी गरेका छन । खाद्यान्न बोकेको ना ३ ख २३२९ नम्बरको ट्रकमा गएराती २ बजे लहान नगरपालिका ८ मा पेट्रोल छर्केर आगो लगाइएको हो । आगजनीबाट ट्रकको अघिल्लो भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राम केसीले जानकारी दिनुभयो ।