Thaha

Sunday 22 September - 5:19 pm NST

चक्रपथमा विद्यार्थीको मानव साङ्लो प्रदर्शन


काठमण्डौं, ११ मंसिर । 
बाँच्न र पढ्न देउ भन्ने नाराका साथ विभिन्न शैक्षिक संस्थाको आयोजनामा आज काठमाडौंको चक्रपथमा मानवसाङ्लो निर्माण गरिएको छ । भारतीय नाकावन्दी र तराईको आन्दोलनका कारण बालबालिकाको पढ्न पाउने अधिकार हनन् भएको भन्दै प्याब्सन, एन प्याब्सन, शिक्षक संगठन, विद्यार्थी संगठन लगायतको सहभागितामा मावन साङलो निर्माण गरी दवाव दिइएको हो । राष्ट्रियताको पक्षमा र नाकावन्दीका विरुद्धमा ऐक्यवद्धता जनाउनका लागि चक्रपथमा २७ किलामिटर लामो मानव साङ्लो बनाइएको आयोजकहरुले बताएका छन् ।

चक्रपथ पुग्न नभ्याएकाहरुले काठमण्डौं बबरमहललगायत विभिन्न क्षेत्रमा पनि सडकको छेउमा मानव सांङलो बनाएका छन् । विभिन्न कलेजबाट आएका विद्यार्थीले नाकावन्दीको विरोध गर्दै भारत विरुद्ध नारावाजी गरेका छन् । कलेज तथा विद्यालयको पोशाक तथा किताबको झोला सहित उपस्थित विद्यार्थीले बाँच्न र पढ्न पाउनुपर्ने नारा लगाएका छन् । यस्तै उनिहरुले नाकाबन्दी गरेर नेपाली नागरिकलाई सास्ति दिइरहेको भारत सरकार चर्को नारामात्रै लगाएका छैनन् । भारतको मतियारलाई खबरदारी समेत गरीरहेका छन् ।

प्रर्दशनमा मुख्य राजनीतिक दल निकट सबैजसो विद्यार्थी संघ संगठन सहभागि रहेको छ । भने विद्यालय तथा कलेज विद्यार्थीहरु सहभागि छन् । बिहान ११ बजेदेखि पढ्न पाउनु पर्ने अधिकारको माग गर्दै प्ले कार्ड र राष्ट्रिय झण्डा सहित प्रदर्शन गरिएको हो । 

तस्विर : सन्चु ब्लोन र विद्यार्थी नेता युपि लामिछानेको फेसबुकबाट