Thaha

Wednesday 07 October - 8:17 am NST

सरकारले भुकम्प प्रभावित जिल्लामा जाडोका लागि ५० वटा सामुहिक आवास बनाउने


काठमण्डौं, १० मंसिर ।
सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा जाडो मौसमका लागि ५० वटा सामुहिक आवास भवन बनाउने भएको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई जाडो मौसमका लागि आवास उपलब्ध गराउनका लागि ५० वटा सामुहिक आवास भवन बनाउन लागेको सूचना तथा संचार प्रविधि मन्त्री शेरधन राईले बताउनु भयो । 
बैठकले जर्मन सरकारले दिएको २ अर्ब ८७ करोड अनुदान र ५७ करोड ३७ लाख वित्तिय सहायता स्विकार गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले कर्मचारीको सरुवाको समेत निर्णय गरेको छ । सहसचिव चक्रबहादुर बुढालाई राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा, रामकृष्ण सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा सरुवा गरेको छ । 
त्यस्तै कमलप्रसाद भट्टराईलाई संस्कृति तथा पर्यटन मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा, डन्डुराज घिमिरेलाई सामान्य प्रशासन मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, ऋषिराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरेको सुचना तथा सन्चार प्रविधीमन्त्री राइले जानकारी दिनुभयो ।