Thaha

Sunday 22 September - 5:14 pm NST

परासी एफ.एममा पेट्रोल बम प्रहार, असुरक्षा भएको भन्दै एफ.एमको प्रसराण अनिश्चितकालिन बन्द


काठमण्डौं, १० मंसिुर । 
नवलपरासीको परासीमा सन्चालित सामुदायिक रेडियो परासीको कार्यालयमा अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको छ । गएराति दशबजे अपरिचित समूहले पेट्रोल बम प्रहार गरेपछि रेडियोको परिसरमा रोकि राखेको लु १८ प ४० ०१ नम्बरको मोटरसाइकालमा आगजनी समेत भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ । 
आगजानी कसले गरायो नखुले पनि रेडियो परिसरमा हस्तलिखित पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका आनुसार ‘जय मधेस’ लेखिएको पर्चा फेला परेको हो । पेट्रोल बम प्रहार गर्नुअघि स्थानीय व्यवसायी मनोज यादवको ९८५७०४५८९४ नम्बरको मोवाईलबाट रेडियोमा फोन गरि धम्की दिईएको रेडियोले जनाएको छ । तर व्यवसायी यादवले भने नाकाबन्दीका विषयमा केही कुरा गरेपनि धम्की नदिइएको बताउनु भयो । उहाँले घटनामा आफ्नो संलग्नता नरहेको भन्दै यस्ता घटनामा संलग्नको खोजीगरी कारबाही गर्नुपर्ने बताउनु भयो । 
असुरक्षा भएको भन्दै रेडियोले आजदेखि अनिश्चितकालका लागि प्रशारण बन्द गरेको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनुभयो । घटनाको नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ संस्थाले बिरोध गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन ।