Thaha

Saturday 04 April - 8:59 am NST

कृषि क्षेत्र पनि माफियाको सन्जालबाट अछुतो छैन : मन्त्री गजुरेल


काठण्डौं, ७ मंसिर । 
कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषि क्षेत्र पनि माफियाहरुको सन्जालबाट अछुतो रहन नसकेको बताउनु भएको छ । रफत सञ्चार क्लब भक्तपुरमा भएको कार्यक्रममा मन्त्री गजुरेलले हरेक क्षेत्रमा माफियाहरुको चलखेलले देश तहस नहस पारेको भन्दै कृषि क्षेत्र पनि अछुतो नरहेको बताउनु भएको हो । उहाँले आफुले सुधारका लागि कुरो भन्दा पनि काम गरेर देखाउने बताउनु भयो ।

मन्त्री गजुरेलले युवालाई विदेश जानबाट रोकेर नेपाललाई कृषिमा नै आत्मनिर्भर बनाउने दावि गर्नुभयो ।  ‘युवालाई कृषिमा लाग्न उत्प्रेरित गर्दै नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने वर्तमान सरकारले हदैसम्म प्रयास गर्छ ।’ उहाँले भन्नु भयो । साना किसानलाई आधुनिकरण गरी सरकारले अनुदान दिने व्यवस्था गर्न लागेको जानकारी दिदै उहाँले भन्नुभयो ‘ प्राङ्गारिक मल किसानसँगै खरिद गर्दै बितरण गर्ने र अन्य मलको हाराकारको अवस्था यो वर्ष बेहोरनु पर्दैन ।’

उहाँले नेपालमा कृषि बजारको व्यवस्थापन गर्न नसक्दा किसानले भन्दा पनि बिचौलियाहरुले लाभ लिने गरेको भन्दै अव कृषि उत्पादनका लागि सरकाले उचित बजारको र भण्डारणको व्यवस्थालाई बिशेष ध्यान दिएर काम अगाडि बढाउने दावि गर्नुभयो ।