Thaha

Sunday 22 September - 5:17 pm NST

नयाँ शक्तिको लागि आज काठमण्डौंमा भेला हुदै

काठमण्डौं, ६ मंसिर 
एकीकृत नेकपा माओवादी छोडेर नयाँ शक्तिको अभियानमा लागेका नेता डा. बाबुराम भट्टराईले आज आफू समर्थकको राष्ट्रिय भेला बोलाउनु भएको छ । नयाँ शक्तिको अभियानलाई मूर्तरुप दिन भेला बोलाइएको भट्टराई निकटका नेता देवेन्द्र पौडेलले बताउनुभयो । बिहान ११ बजे काठमाण्डुमा हुने भेलामा नयाँ शक्ति गठनका विषयमा भइरहेको छलफल र अबको रणनीतिका विषयमा भट्टराईले धारणा राख्ने पौडेलले बताउनुभयो । आजको भेलामा माओवादी पृष्ठभूमिका नेताहरुलाई मात्र बोलाइएको र पर्सीदेखि औपचारिक अभियान शुरु हुने उहाँको भनाई छ । ८ गतेछि पार्टी निर्माणका लागि सदस्यता वितरण गर्ने भट्टराई पक्षको योजना छ ।