Thaha

Friday 03 May - 3:58 pm NST

आज कहाँ—कहाँबाट कति आए इन्धन

काठमाण्डौं, मंसीर ५ । आज भारतसँग सिमा जोडिएका केही नाकाबाट मात्रै इन्धन नेपाल भित्रीएका छन् । सबै नाकाबाट अन्य मालबाहक गाडी, पर्यटक बोकेका बसहरु आएपनि सबैनाकाबाट इन्धन आउन सकेन ।

अन्य नाकाको तुलनामा खुकुलो रहँदै आएको विराटनगरको रानी भन्सारबाट आज २७ वटा इन्धनका गाडी नेपाल आएका छन् । इलाका प्रहरी कार्यालय रानीका अनुसार आज २२ वटा डिजेल र ५ वटा पेट्रोलका ट्याङकरसहीत १ सय ७४ वटा गाडी नेपाल भित्रीएका छन् । यस्तैगरी कैलालीको गौरीफान्टाबाट आज डिजेल ५ ट्याङकर, मट्ठितेल र पेट्रोल एकएक ट्याङकर भित्रीएको कैलाली भन्सारका प्रमुख हरिदत्त पाण्डेले जानकारी दिनुभयो । नेपालगन्जको जमुनाहा—रुपैडिहा नाकाबाट पनि १३ वटा डिजेलका ट्याङकर आएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक विण्णु गिरीले बताउनुभयो ।

भारतबाट आज मालबाहक ट्रक, यात्रुवाहक बससँगै १ सय १९ वटा गाडी भित्रीएको रुपन्देहिको बेलहीया नाका र भैरहवा—सुनौलि नाकाबाट भने आज इन्धन भित्रीएन । यस्तै मेची भन्सार काँकडभिट्ठाका प्रमुख भीम अधिकारीका अनुसार आज साँझ ६ बजेसम्म भारतबाट ७३ वटा गाडी आएकोमा इन्धनको एउटापनि गाडी छैन । यस नाकाबाट हिजो १३ वटा इन्धनका गाडी आएका थिए ।

वीरगन्ज—रक्सौल नाकाभने मितेरी पुलमा ६० दिनदेखी जारी आन्दोलनरत मधेसी मोर्चाको धर्नाका कारण ठप्प नै छ ।