मधेसी र जनजातिले मिलेर आन्दोलन गर्ने
काठमण्डौं, ५ मंसिर ।तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चा र जनजाति पाटीले मिलेर आन्दोलन गर्ने भएका छन् । मधेसी मोर्चा र पाँच जनजाति पार्टीहरुको संघीय गठनवन्धनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो ।
तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बसेको बैठकले तराई मधेस, राजधानी र पूर्वपश्चिम राजमार्ग केन्द्रीत गरी देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको संघिय गणतान्त्रिक जनमुक्ति पार्टिका सहअध्यक्ष परशुराम तामाङले जानकारी दिनुभयो । संघीय गठवन्धनले मंसिर २७ गते काठमाडौंमा जनप्रदर्शनज तथा सभा गर्ने निर्णय गरेको उहाँले बताउनु भयो । आन्दोलन भने ७ गतेबाट सुरु हुनेछ गठबन्धनले जनाएको छ ।