Thaha

Sunday 22 September - 5:26 pm NST

सीमा अवरोध तत्काल हटाउन संयुक्त राष्ट्रङसंघको आग्रह


काठमण्डौं, ५ मंसिर ।
संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले नेपाल–भारत सीमामा भएको अवरोध तत्काल हटाउन आग्रह गर्नुभएको छ । आफ्ना प्रवक्ताद्वारा जारी गरिएको बिज्ञप्तीमा महासचिव वानले नेपालमा अत्यावश्यकीय बस्तु आपूर्तीमा अवरोध भएको प्रति चिन्ता व्यक्त गर्दै तत्काल अवरोध हटाउन अपिल गर्नुभएको हो । 

मानवीय जीवन रक्षा गर्ने औषधी लगायत औषधीजन्य सामाग्रीको आपूर्ती रोकिँदा उपचारमा समस्या पैदा भएको खबरले आफूलाई स्तब्ध तुल्याएको बानले बताउनुभएको छ । उहाँले स्वतन्त्र पारवाहन नेपालको अधिकार भएको समेत उल्लेख गर्नुभएको छ । महासचिव वानले शान्तिपूर्ण र लचिलो तरिकाबाट वार्तामार्फत् समस्या समाधान गर्न सरोकारवालाई ध्यानाकर्षण पनि गराउनुभएको छ । 

लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण र सम्वृद्ध नेपाल निर्माणको अभियानमा राष्ट्रसंघको सदैव समर्थन रहने पनि महासचिव वानले दोहो¥याउनुभएको छ ।