Thaha

Sunday 22 September - 5:27 pm NST

मोर्चाले शिक्षा र स्वास्थ्य क्षेत्रमा आन्दोलन खुकुलो बनाउने

काठमाण्डौं, मंसीर ३ । आन्दोलनरत संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले जारी आन्दोलनका क्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा अवरोध नगर्ने निर्णय गरेको छ । आज सिंहदरवारमा बसेको मोर्चाको वैठकले विरामीहरुको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्य सम्बन्धि उपकरणहरुलाई दिउँसोको समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन सहयोग गर्ने निर्णय गरेको छ ।

मोर्चाले बैठकपछि जारी गरेको विज्ञप्तिमा तराई क्षेत्रका विद्यालय तथा क्याम्पसहरुलाई बिहानको समयमा कक्षा सञ्चालन गरी पठनपाठन गर्न दिने उल्लेख छ । बैठकपछि मोार्चका नेता एवं सँघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमान्तकृत समूदायहरुले उठाएका मागलाई वार्ताबाट सम्बोधन गर्न सरकार एवं काँग्रेस, एमाले र एकीकृत माओवादी गम्भीर नभएकोले जारी आन्दोलनलाई थप शसक्त बनाउँदै लैजाने बताउनुभयो ।

मोर्चाले पर्सी शनीवारदेखी राजमार्ग अवरुद्ध गर्ने लगायतका कार्यक्रमलाई जारी राख्दै आगामी आईतवार प्रमुख शहरहरुमा मसाल जुलुस प्रदर्शन गर्ने र मंसीर ७ गते आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्ने भएको छ ।  सरकारी वार्ता टोली र मोर्चावीचको वार्ता दुवै पक्ष आ—आफ्नो अडानबाट पछि नहटेपछि अन्यौलमा परेको छ ।