Thaha

Sunday 22 September - 3:13 pm NST

५.३ रेक्टर स्केलको पराकम्प

काठमण्डौं, ३ मंसिर । 
आज बिहान सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर पराकम्प गएको छ । बिहान १० बजे सिन्धुपाल्चोक केन्द्र भएर ५ दशमलब ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । गोरखालाई केन्द्र बनाएर बैशाख १२ गते भुकम्प गएदेखि पराकम्प जाने क्रम रोकिएको छैन । यसअघि अस्ति राति ८ बजेर ५५ मिनेट जाँदा रसुवालाई केन्द्र बनाएर ४ दशमलब ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।