कालोबजारी रोक्न सरकार असफल : कांग्रेस
काठमाडौं, २ मंसिर । नेपाली काँंग्रेसले ग्याँस र इन्धनको कालोबजारी रोक्न सरकार असफल भएको निष्कर्ष निकालेको छ ।
सिंहदरवारमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले ग्याँस र इन्धनको कालोबजारी रोक्न र प्रभावकारी रुपमा वितरण गर्न सरकार असफल भएकोले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभयो ।