Thaha

Friday 03 May - 2:18 pm NST

सुनको भाउ घटेको घट्यै


काठमाडौं, मंसिर २ । सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँ घटेको छ । हिजो तोलाको ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि अस्तिको तुलनमा हिजो पनि तोलामा पाँच सय रुपैयाँ घटेको थियो । विवाहको सिजन सुरु हुने भएकाले मंसिर महिनामा सुनको भाउ बढ्ने अनुमान गरिएपनि मंसिर लागेदेखि सुन सस्तो हुँदै गएको हो ।

चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।