भट्ठराई नयाँ शक्ति निर्माण अभियानका लागि सुझाव संकलनमा
काठमाण्डौं, मंसीर १ । नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सुझाव संकलन सुरु गर्नुभएको छ ।
यसअघि विभिन्न क्षेत्रमा छलफल र अन्तरकृया गर्दै हिडेका पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ शक्ति निर्माण अभियानका लागि लोगो, वेवसाइटको नाम, अभियानको मुख्य नाराका लागि सुझाव माग्नुभएको हो । नयाँ राजनीतिक शक्ति निर्माणको अभियानमा आफूहरु केन्द्रीत रहेको भन्दै विभिन्न पक्षहरुसँगको छलफल र बहस जारी रहेको भट्टराईको सचिवालयले जारी गरेको विज्ञप्तिमा छ ।
नयाँ शक्तिको निर्माण प्रक्रिया पनि नयाँ नै हुनुपर्ने भन्दै नया शक्ति अभियानले समावेशी र समानुपातिक सहभागितामूलक लोकतन्त्र नयाँ शक्ति निर्माणको एउटा मुख्य आधार हुने बताएको छ ।