Thaha

Sunday 22 September - 3:17 pm NST

मन्त्रीहरुलाई कार्यालय र क्वार्टर पुर्याउन, लिन जाने साझाको प्रस्ताव

काठमाण्डौं, कात्तिक ३० । साझा यातायातले नाकाबन्दीका कारण उत्पन्न इन्धन संकट मध्यनजर गर्दै मन्त्रीहरुलाई साझा बसमा मन्त्रालय लैजाने प्रस्ताव गरेको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर यस्तो प्रस्ताव गर्नुभएको हो ।

साझा यातायातले  मन्त्रीहरूका लागि २ वटा बस बिहान ८ बजे मन्त्री निवास पुल्चोकबाट सिंहदरबार पु¥याउने  र दिउँसो ४ बजे मन्त्री क्वाटर पु¥याउन लिन जाने प्रस्ताव गरेको हो । ‘नेपाल सरकारका माननीय मन्त्रीज्यूहरुले प्रयोगमा ल्याएका सवारी साधन तथा सुरक्षाका लागि सञ्चालित सवारी साधनहरुमा प्रयोग हुने इन्धनको समेत बचतका लागि संस्थाले कदम चालेको हो,’ साझाका अध्यक्ष दीक्षितले पत्रमा लेख्नुभएको छ ।

साझाले आज पत्र पठाएको भए पनि सरकारले यसको कुनै जवाफ दिएको छैन । प्रधानमन्त्री ओलीका स्वकीय सचिव रमेश आचार्यले पत्र आएको र यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउन बाँकी रहेको जानकारी दिनुभयो ।