Thaha

Friday 03 May - 3:14 pm NST

चिनले अनुदान दिएकोमध्ये अब बाँकी ४० ट्याङकर पेट्रोल ल्याईदै

काठमाण्डौं, कात्तिक ३० । चीनबाट पेट्रोलियम पदार्थ लिन २६ वटा ट्याङ्कर आज केरुङतर्फ प्रस्थान गरेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल रसुवाका अनुसार रसुवागढीबाट २६ वटा ट्याङ्कर केरुङतर्फ प्रस्थान गरिसकेका   छन् ।

चीन सरकारले उपलब्ध गराउने अनुदानको पेट्रोलियम पदार्थमध्ये अहिलेसम्म ९२ हजार ५ सय ९७ किलोलिटर ९७ वटा ट्याङ्करमा नेपाल भित्रिसकेको र बाँकी २हजार ७४ दशमलव ०३ किलोलिटर पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमका ती ट्याङ्कर केरुङतर्फ गइसकेको र आजै साँझदेखि नेपाल भित्रने क्रम सुरु हुने अपेक्षा गरिएको रसुवागढी भन्सार कार्यालयका निमित्त प्रमुख दीर्घवन्धु सुवेदीले बताउनुभयो । पेट्रोलियम पदार्थको लाग्ने भन्सार शुल्क तीन करोड ६४ लाख नेपाल आयल निगमले अग्रिम भुक्तानी गरिसकेको समेत निमित्त प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

आजै अन्य १४ वटा ट्याङकर पेट्रोल लिन काठमाण्डौंबाट जाँदैछन् । आयल निगमका अनुसार केरुङ गईसकेका २६ र काठमाण्डौंबाट जान लागेका १४ वटा ट्याङकरमा लोड गरी ल्याएपछि चिनले दिएको अनुदानको सबै पेट्रोल नेपाल आईसक्नेछन् ।