Thaha

Sunday 22 September - 3:19 pm NST

छठ पर्वको रौनक

काठमाण्डौं, कात्तिक ३० । तराईको निकै महत्वपूर्ण छठ पर्वको आज दोस्रो दिन अर्थात खरना, आजदेखि निर्जला ब्रत आरम्भ हुन्छ । खरनाको अवसरमा गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले जमिन सजाएर ब्रतालुले दिनभरी निराहार ब्रत बस्ने गर्छन् ।

राती चन्द्रमालाई खीर चढाई प्रसाद ग्रहण गर्ने गरिन्छ । छठको मूख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ । छठको अन्तिम दिन पर्सि बिहान उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिई छठ सम्पन्न हुन्छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ । छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागर,  वीरगञ्जको घडीअर्वामा भक्तजनको भीड लाग्ने गर्छ ।

काठमाडौंमा रानीपोखरी, बाग्मती किनारलगायतका स्थानमा पनि छठ मनाइन्छ । छठको समापनका लागि काठमाडौं सहित तराईका विभिन्न ठाउँलाई सिंगारिदैछ ।