Thaha

Sunday 22 September - 3:20 pm NST

सरकार र मोर्चाबीच छठ अगाडी वार्ता नहुने

काठमाडौं, कात्तिक ३० । सरकार र आन्दोलनरत दलबीच छठ अगाडी वार्ता नहुने भएको छ । सरकार र आन्दोलनरत दल दुवै आन्तरिक छलफलमा जुटेका कारण छठपछि मात्र फेरि वार्ता हुने नेताहरुलेल बताएका छन । थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै सरकारी वार्ता टोलीका सदस्य एवं स्वास्थ्य मन्त्री रामजनम चौधरीले प्रदेशको सिमांकनमा कांग्रेस एमाले सहमत नभएसम्म सहमतीको सम्भावना नरहेको बताउनुभयो । सहमति नभएमा नाकावन्दी फागुन सम्म लम्बिन सक्ने आपूmले थाहा पाएकोे मन्त्री चौधरीले बताउनु भयो ।  
एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि तत्काल मिल्ने संकेत नदेखिएको भएपनि छलफल जारी रहेको बताउनुभयो । कांग्रेस एमालेसँग थप छलफल गरेपछि मोर्चासँग वार्ताको मिति तय हुने उहाँको भनाई छ । मोर्चाले भने सरकारले आपूर्ति सहज गर्ने तिर मात्र ध्यान दिएको आरोप लगाएको छ । मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले सिमांकन सम्बन्धि माग पूरा नभए आफूहरुले आत्म समपर्ण गर्न नसक्ने र आन्दोलनलाई निरन्तरता दिँदै थप शसक्त बनाउने बताउनुभयो । 
हिजो शिर्ष तहमा भएको वार्तामा समस्या समाधान गर्ने गरी प्रदेशको सिमांकन समबन्धी प्रस्ताव ल्याउन भने पनि मोर्चाले भने यसअघि राज्य पुर्नसंरचना आयोगले तयार पारेको प्रस्तावलाई नै आधार बनाइनु पर्ने बताएको छ ।