Thaha

Monday 21 April - 10:27 am NST

राष्ट्रिय स्वाधिनता र आत्मनिर्णयको आधिकारमा आँच आउन दिनेछैन : गृहमन्त्री बस्नेत


काठमण्डौं, २१ कार्तिक । 
गृहमन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय संकटको बेलमा आम नेपाली नागरिकले देखाएको धैर्यता महान रहेको बताउनु भएको छ । छिमेकी देश भारतको नाकाबन्दीका कारण जनजीवन कष्टपुर्ण भएपनि आउँदै गरेको तिहार चाड संकटभित्रबाट खुशीसाथ मनाउन उहाँले आग्रह गर्नुभयो । ललितपुरको भारदेउमा रहेको गुप्तेश्वरी निमावीमा आज बिहान एकीकृत नेकपा माओवादी भारदेउ गाउँ इकाईले गरेको चियापन तथा शुभकामना आदनप्रदान कार्यक्रममा गृहमन्त्री बस्नेतले शुभकामना दिदैं जनताको तहबाट भइरहेको राष्ट्रिय संकटको सामानाप्रति धन्यवाद दिनुभयो । 

उहाँले सरकारले अब जनतालाई निरास हुन नदिने भन्दै राष्ट्रिय स्वाधिनता र नेपालको आत्मनिर्णयको अधिकामाथि कुनै आँच आउन नदिने बताउनुभयो ।  गृहमन्त्री बस्नेतले हाल नेपालको राष्ट्रिय संकटलाई सबै राजनीतिक दल एक आपसमा मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालीको स्वाभिमानलाई कदर राख्दै छिमेकी देशसँगको सम्बन्धलाई सुमधुर गरिने उल्लेख गर्नु भयो । कार्यक्रममा एकीकृत नेकपामाओवादीका सांसद् योगेन्द्र घिसिङले देशको विषम परिस्थितिलाई ध्यानमा राखी समस्याको समाधान छिटो खोजिनुपर्नेमा जोड दिनुभयो ।एकीकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज दिपेश महर्जन तथा इकाई अध्यक्ष गोपी सिङ्तानले शुभकामना  दिनुभएको थियो ।